दफा ३७
कैद कट्टा हुन सक्ने
देहायका कसूरदार बाहेकका कसूरदारको कैदमा रहदा चालचलनमा सुधार आएमा र निजले “पचास प्रतिशत कैद” सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय कारागारले तोकिए बमोजिम कट्टा गर्न सक्नेछः–
(क) जन्म कैदको सजाय पाएको,
(ख) जबरजस्ती करणी सम्बन्धी कसूरमा सजाय पाएको,
(ग) भ्रष्टाचार सम्बन्धी कसूरमा सजाय पाएको,
(घ) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सजाय पाएको,
(ङ) अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सजाय पाएको,
(च) लागू औषधको ओसारपसार तथा”कारोबार सम्बन्धी कसूरमा सजाय पाएको,
(छ) सङ्गठित अपराध सम्बन्धी कसूरमा सजाय पाएको,
(ज) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको,
(झ) यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूरमा सजाय पाएको,
(ञ) मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको ।